समाचार अायाे, सहयाेग अाएनः गाेविन्दबस्तीकाे चेपाङ छात्राबास

399
SwadeshPost

पुर्वी माडीको बगहीँस्थित आधारभुत विद्यालय गोविन्दबस्तीको छात्राबासमा बसेका चेपाङ विद्यार्थीहरुको बिषय चर्चामा आइरहेपनि अपेक्षित सहयोग भने जुट्न सकेको छैन । सहयोग नपाउँदा पुसको जाडोमा पर्याप्त न्यानो लुगा नहुनाका साथै खाद्यान्न सामग्रीको अभावमा चेपाङ विद्यार्थीहरुलाई अध्ययन गर्न कठिनाई परिरहेको छ । माडी नगरपालिका लगायत अन्य संघसंस्थाहरुले सहयोग गरे पनि त्यो सहयोग पर्याप्त नहुँदा चेपाङ विद्यार्थीहरु अझैपनि नुन खुर्सानी संग खाना खाइरहन बाध्य छन् ।

छात्राबासमा हाल २९ जना छात्र र ४५ जना छात्रा गरि कुल ७४ जना चेपाङ विद्यार्थीहरु बस्दै आएका हुन् । स्थापनाकालमा केहि संघसंस्थामार्फत सहयोग रकम प्राप्त भएपनि आर्थिक अभावको कारण हाल छात्राबासमा बस्ने विद्यार्थीहरुलाई खान तथा न्यानो लुगा लगायतका आधारभुत आवश्यकता पुरा गर्न समस्या परिरहेको विद्यालयका प्रधानाध्यापक विश्वनाथ घिमिरेले जनाउनुभयो ।

मुख्यतः माडीको प्याउली र कुसुमखोलाबाट अध्ययनका लागि सो विद्यालयमा भर्ना भएका चेपाङ विद्यार्थीहरु घरबाटै आवतजावत गर्न खोज्दा एकतर्फी बाटो पार गर्न नै तीन घण्टासम्म हिँड्नुपर्ने भएकाले अध्ययन सहजताका लागि छात्राबासमा बसेका हुन् । छात्रबासको बिषय समाचार र चर्चामा आएपनि अपेक्षित सहयोग भने नआउँदा आगामी वर्ष छात्राबास बन्द गर्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ ।

SwadeshPost