गोबिन्दबस्तीको छात्राबासका चेपाङ विधार्थिहरूलाई सहयाेग जुट्न सुरू

158
SwadeshPost

माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासका चेपाङ विधार्थिहरूलाई सहयाेग जुट्ने त्रम सुरू भएकाे छ । हर्टबीट नेपाल संस्था ले आज (शनिबार) माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विधालय गाविन्दबस्तीका चेपाङ छात्राबासका विधार्थीहरूलाई ६७ थान सिरक, ब्लाङकेट वितरण गरेको छ।

सहयोग सामाग्रिहरू ग्रहण गर्दै आधारभुत विधालय गाविन्दबस्तीका प्रधानाध्यापक विश्वनाथ घिमिरेले छात्राबासका चेपाङ विधार्थिहरूलाई सिरक लगायतका न्यानो कपडाहरू सहयोग गरेकोमा संस्थालाई धन्यबाद समेत ज्ञापन गर्नुभयो । हर्टविट संस्थाका जुजुकाजि महर्जनले आफुहरूले विगत १ दशक देखि चेपाङ विद्यार्थीहरूलाई सहयोग गर्दै आएको जानकारी गराउँदै माडीमा पनि सोहि अन्तर्गत सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आगामि दिनमा थप शैक्षिक सामाग्री सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

यसअघि, स्थलगत रिपोर्टिङको क्रममा स्वदेश एफ.एमको टिम सोहि विद्यालय पुगेलगत्तै गोबिन्दबस्तीको छात्राबासको विद्यार्थीहरुको विषयमा स्वदेशपोष्ट अनलाइन, रेडियाे लगायत विभिन्न माध्यमहरू मार्फत समाचार प्रकाशित र प्रसारित समेत भएकाे थियो । गोविन्दबस्तीको चेपाङ छात्राबासको दिर्घकालीन समाधानको लागि निरन्तर फलोअफ समेत भइरहेकाे अवस्थामा सहयोगि निकायहरु मार्फत सहयोग आउने क्रम सुरु भएको छ ।

एक संक्षिप्त कार्यक्रमका विच सम्पन्न न्यानो कपडा हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बिष्ट, स्वस्तिक मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष हरि भुषाल, प्रवन्ध निर्देशक गोविन्द न्यौपाने, रेजहेन्स नेपालका सुनिल सापकोटा, सञ्चारकर्मि, चेपाङ छात्राबासका विद्यार्थीहरु र अभिभावकहरुको लगायतको उपस्थिती रहेको थियो ।

SwadeshPost