जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

119
SwadeshPost

जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । दिवाकर स्मिृति विद्यालय रमाइलोडाँडाको प्राङ्गणमा सहकारीका अध्यक्ष चुडामणी तिवारीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाकै अवसरमा ज्येष्ठ सेयर सदस्यहरु महिलातर्फ ७१ बर्षिया पबित्रादेबी काफ्ले र पुरुषतर्फ ७८ बर्षिय भीमप्रसाद काफ्लेलाई सम्मान गरिएको थियो । त्यस्तै सेयर सदस्यका सन्तानहरु मध्ये एस.इ.ई. परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल विनिता बि.क तथा सुदिप ढकाललाई समेत सम्मान गरिएको छ ।

त्यसैगरी पल्लबी कृषक समूह माडी-४, खैरहनीको एघारौं बार्षिक साधारणसभा खैरहनीको रेडहिल पार्कमा सम्पन्न भएको छ । आन्तरिक पर्यटनको प्रवद्र्धन समेत हुनेगरी रेडहिल पार्कमा कृषक समूहको साधारणसभा आयोजना गरिएको समूहले जनाएको छ ।

SwadeshPost