लैँगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला सम्पन्न

222
SwadeshPost

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा जारी लैँगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला अाइतबार सम्पन्न भएको छ ।

माडी नगरपालिकाको समन्वयमा माडी भिलेजमा सञ्चालन भएको सो कार्यशालामा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु, कार्यपालिका सदस्य र निर्वाचित महिला प्रतिनिधीहरुको सहभागिता रहेको थियो । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्नुभई सञ्चालन भएको सो कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल तथा उपसचिवद्वय इन्द्र कुमारी थपलिया र संग्रहामसिंह लामाले सहजिकरण गर्नुभएको थियो ।

SwadeshPost