अाँखा शिविरमा ५८० जनाको आँखाको परीक्षण, ६० जनालाइ मोतियाबिन्दुको शल्यक्रिया

299
SwadeshPost

माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रमा आँखाको स्वास्थ्य शिविर सञ्चालन जारी रहेकाे छ । बुधबार सो अस्पतालमा आँखाको समस्या भएका बिरामीहरुको भीड लागेको थियो । बुधबार ५८० जनाको आँखाको परीक्षण गरिएको थियो भने ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । बिहिबार पौष १२ गते पनि आँखाको परीक्षण र मोतियाबिन्दुको शल्यक्रिया जारी रहने अस्पतालकी कर्मचारी शुष्मा चौधरीले जनाउनुभयो ।

यसअघि, गत सोमबार माडीको खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएकोमा १८२ जनाको आँखाको परीक्षण गरिएको थियो, जसमध्ये २९ जनामा मोतियाबिन्दु देखिएको थियो । त्यसअघि, आइतबार बरुवा बजारस्थित गर्दी स्वास्थ्य चौकीमा भएको शिविरमा २४० जनाको आँखा परीक्षण गरिएकोमा २७ जनामा मोतियाबिन्दु रहेको पाइएको थियो । भरतपुर आखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन भइरहेको हो ।

SwadeshPost