नगर कार्यपालिकाको बैठकमार्फत मा.न.पा काे विविध फुटकर निर्णय

118
SwadeshPost

माडी नगर कार्यपालिकाको बैठक बुधबार सम्पन्न भएको छ । तीन महिनाको अन्तरपश्चात बुधबार नगर कार्यपालिका कार्यालयमा कार्यपालिका बैठक बसेको हो ।

नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा नगरपालिकाले क्रशर मेसिन सञ्चालन गर्ने, इञ्जिनियर नियुक्त गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्ने, माडी क्याम्पसमा बी.एस.सी. एजी. र फरेष्ट्री कार्यक्र सञ्चालन तथा क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमासम्बन्धन लिन पहल गर्ने, नगरपालिकाले माडीबासीहरुको पाँच लाखको दुर्घटना बीमा गर्ने लगायतका निर्णय गरेको छ । त्यसैगरी नगरपालिकाका कर्मचारी आनन्द पौडेलको पद समायोजन, नगरस्तरीय कभर्ड हल निर्माण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले हस्तान्तरण गरेको ४ करोड ८२ लाखको कार्यक्रमबारे विभिन्न निर्णयहरु गरिएको नगर कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो ।

SwadeshPost