माडीको ग्रामीण क्षेत्रहरुमा गाडिने पोलहरुको तथ्यांक संकलन जारी

122
SwadeshPost

नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्र अन्तरगतको माडी सेवा केन्द्रले माडीको ग्रामीण क्षेत्रहरुमा गाडिने पोलहरुको तथ्यांक संकलन जारी राखेको छ । हालसम्म माडी नगरपालिका वडा नं. १, ४, ५, ६, ७ र ८ मा सबै ठाउँहरुमा बिजुली पु–याउन आवश्यक पोलहरुको आधारभूत तथ्यांक संकलन भइसकेको माडी सेवा केन्द्रका प्रमुख आनन्द कुँवरले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

आउँदो ३-४ दिनभित्र बाँकी रहेको २, ३ र ९ नम्बर वडाको तथ्यांक संकलन पुरा गरि पोल गाड्ने प्रक्रिया सुरु गरिने माडी सेवा केन्द्र प्रमुख कुँवरको भनाई छ । माडीभर थप १२ वटा ट्रान्सफर्मर राख्नुपर्नेमा एकवटा राखिसकिएको र बाँकी ११ वटा ट्रान्सफर्मर आउँदो १५ दिनभित्र जडान गरिने उहाँले जनाउनुभयो । यसअघि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख शुरेस महतोले स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडी क्षेत्रमा बिजुली बिस्तारको कामलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने जनाउनुभएको थियो ।

SwadeshPost