शिविरमा १,३३९ जनाको आँखाको परीक्षण, १४५ जनालाइ माेतियाबिन्दुकाे शल्यक्रिया

347
SwadeshPost

माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रमा जारी आँखाको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । पाँच दिनसम्म माडी भर सञ्चालित शिविरमा १ हजार ३३९ जनाको आँखाको स्वास्थ्य परीक्षण भएकोमा १४५ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको थियो, जसमध्ये १२१ जनाको शल्यक्रिया गरिएको भरतपुर आँखा अस्पतालका कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिनुभयो । भरतपुर आखा अस्पताल, र ठोरी आँखा उपचार केन्द्रको आयोजना तथा माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको स्थानीय व्यवस्थापनमा आँखा शिविर सञ्चालन भएको हो ।

यसैबिच, मध्यपूर्वी माडीको अयोध्यापुरीमा आउँदो पौष १४ गते निःशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरिएको छ । राष्ट्रिय चिकित्सक संघ नेपाल र माडी नगरपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क दन्त शिविर सञ्चालन हुन लागेको हो । अयोध्यापुरी स्वास्थ्य चौकी खरकट्टामा बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुने नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले जनाउनुभयो ।

SwadeshPost