माडीका थारु महिलाहरुलाई साँस्कृतिक पोशाक वितरण गरियाे

229
SwadeshPost

थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडी चितवनको आयोजनामा शनिवार माडीका थारु महिलाहरुलाई थारु साँस्कृतिक पोशाक वितरण गरिएको छ । पर्यटन विकास समिति, माडी नगरपालिकाको सहयोगमा थारु समुदायका महिलाहरुलाई पोशाक वितरण गरिएको हो ।

थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडीका अध्यक्ष भीम प्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका नगर उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो भने विशिष्ट अतिथि । पर्यटन विकास समिति, माडी नगरपालिकाका सचिव बाल गोविन्द न्यौपाने रहनुभएको थियो । कार्यक्रममा माडीका २० वटा थारु गाउँहरुका महिला समूहहरुलाई थारु ब्लाउज र साडी वितरण गरिएको हो । प्रत्येक गाउँलाई १५ वटा सेटका दरले थारु पोशाक वितरण गरिएको र थप १० वटा गाउँहरुलाई वितरण गर्ने योजना रहेको थारु कल्याणकारी सभा माडीका अध्यक्ष भीम प्रसाद महतोले जानकारी दिनुभयो । थारु संस्कृषि र भेषभूषाको संरक्षणका लागि थारु पोशाक वितरण गरिएको उहाँले जनाउनुभयो ।

SwadeshPost