माडी– ६ स्थित चन्द्रे खोलामा कजवे निर्माणको शिलान्याश

293
SwadeshPost

माडी नगरपालिका वडा नं ६ स्थित चन्द्रे खोलामा कजवे निर्माणको बुधबार शिलान्याश गरिएको छ । चन्द्रे खोला स्ल्याब कजवे उपभोक्ता समितिले निर्माण गर्न लागेको सो कजवेको वडा नं ६ का वडाध्यक्ष भरतबहादुर गुरुङले शिलान्यास गर्नुभएको हो ।

वडास्तरीय बजेटबाट रु २१ लाख बिनियोजन गरिएको उक्त कजवे निर्माण कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिईएको उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद चपागाईले जनाउनुभयो । उक्त कजवेबाट लक्ष्मीनिवास, रामराज्यपुर र कल्याणपुरका बासिन्दा लाभान्वित हुने माडी नगरपालिका वडा नं.६ ले जनाएको छ ।

SwadeshPost