माडी नगरपालिकाद्वारा फोहर व्यवस्थापनको लागि ल्याण्डफिल साइटको खोजी

116
SwadeshPost

माडी नगरपालिकाले नगर क्षेत्रको फोहर व्यवस्थापनको लागि ल्याण्डफिल साइटको खोजी गरिरहेको जनाएको छ । सुरुवातमा नगरभित्र उत्पन्न भएका फोहोरहरु घरमै व्यवस्थापन गरिनुपर्ने नीति लिइएको भएपनि घर र बजारमा उत्पन्न हुने फोहोरहरु नदी, खोला र एकान्त क्षेत्रहरुमा फालिन थालेसंगै व्यवस्थित ल्याण्ड फिल्ड साइटको आवश्यकता महसुस गरिएको हो । माडीको मगुई, बाँदरमुढे, चितई लगायतका खोलाहरुमा फोहोर फालिन थालिएसंगै यसको आवश्यकताबारे चर्चा र बहस थालिएको थियो ।

नगरपालिकाको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल साईट निर्माणको प्रक्रिया भने लामो रहेको छ । सबैभन्दा पहिले विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुपर्ने र त्यसपछि वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने भएकाले तत्कालै ल्याण्डफिल साइट तयार भईहाल्ने भने गाह्राे छ ।

SwadeshPost