माडी वडा नं. १ मा युवा तथा खेलकुद समिति गठन

35
SwadeshPost

माडी नगरपालिका वडा न. १ मा युवा तथा खेलकुद समिति गठन गरिएको छ । वडा न.१ का वडाध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय वडास्तरीय युवा तथा खेलकुद कार्यसमिति गठन गरेको हो । समितिको अध्यक्षमा युवनाथ पाध्य, उपाध्यक्षमा होम बहादुर डालामगर, सचिवमा गणेश मल्ल, कोषाध्यक्षमा देवनाथ लोहार, सह-सचिवमा पदम लामा र सदस्यहरुमा लाल बहादुर क्षेत्री, मायाराम महतो, उदय तिमिल्सिना लगायत रहनुभएको छ ।

यसैगरी सो वडास्तरीय विपद व्यवस्थापन समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा राम पोख्रेल चयन हुनुभएको छ भने उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा भीम बिष्ट, सन्त बहादुर बोट र प्रदिप अर्याल चयन हुनुभएको भने सदस्यहरुमा लाल बहादुर लामा, नारायण लामिछाने लगायत रहनुभएको वडा नं. १ का वडा सदस्य अमित लामाले जानकारी दिनुभयो ।

Mahindra