मितेरी कृषि सहकारी संस्था लि. काे ७ औं वार्षिक साधारण सम्पन्न

22
SwadeshPost

मितेरी कृषि सहकारी संस्था लिमिटेडको ७ औं वार्षिक साधारण आज शुक्रबार सम्पन्न भएकाे छ । सहकारीका अध्यक्ष यम प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनभएको थियो । मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेस बसन्तपुरमा सम्पन्न भएको उक्त कार्यक्रममा माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष जीतेन्द्र बहादुर भण्डारी विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष कृष्ण बहादुर घर्तीले आर्थिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालनसंगै बार्षिक प्रगति प्रतिवेदन सहकारीका सचिव गंगा भुसालले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सहकारीका लेखा संयोजक प्रकाश सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट ऋणीका रुपमा माडी नगरपालिका वडा नं. ४ का मालती महतो र राजकान्त महतोलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट व्यवसायीका रुपमा बालाकृष्ण तिवारी र सरिता देवी लामिछाने तथा ज्येष्ठ सेयर सदस्यस्वरुप ८० बर्षका शशिधर दवाडी र ७६ बर्षीया मालती भुजेललाई सम्मान गरिएको थियो । साधारण सभाले सहकारीको भावी नीति तथा कार्यक्रम र लेखा परीक्षण प्रतिवेदन अनुमो

Mahindra