बाल्मीकि बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक साधारणसभा सम्पन्न

180
SwadeshPost

बाल्मीकि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अम्रौलीको १४ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष ढाकाराम लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो भने विशिष्ट अतिथि माडी नगरपालिकाका सहकारी विभाग संयोजक एवं वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल रहनुभएको थियो ।

सहकारीका सचिव सत्यप्रकाश पौडेलले सञ्चालन तथा सहकारीका लेखा संयोजक सनत लामिछानेले आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सहकारीकी उपाध्यक्ष सरस्वती देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी महेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष माधव चापागाईं, बघौंडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रभु प्रसाद महतो, खैरहनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलानन्द भुसाल, सहकारीका सल्लाहकार नारायण प्रसाद महतो, लक्ष्मीदेवी क्षेत्री र वडा सदस्य कला चापागाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

२०५८ सालमा स्थापित सो सहकारीले मुख्यतः माडीको खैरहनी क्षेत्रमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Mahindra