उपचारकाे अभावमा माडीकी एक बालिका जीवन र मरणको दोसाँधमा

172
SwadeshPost

समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा माडी रामराज्यपुरीकी एक बालिका जीवन र मरणको दोसाँधमा छट्पटिनु परेको छ । माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनार यतिखेर भरतपुरस्थित सरकारी अस्पतालको इमरजेन्सी वार्डमा छटपटिनु परेको छ । एपेन्डीसाइटिक्स फुटेर ठूलो आन्द्रा क्षेत्रमा फैलिएको अवस्थामा उहाँलाई भरतपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको उहाँको परिवारले स्वदेश एफ.एम.लाई जानकारी दिएको छ । उहाँको उपचारमा करीब ६० हजार रुपैंया तत्कालै खाँचो परेको भएपनि आफूहरुसंग त्यत्रो रकम उपलब्ध नरहेको बिरामीको दिदी साबित्री सुनारले जनाउनुभयो । बिरामी बालिकाको परिवारको आर्थिक श्रोत समेत अत्यन्त कमजोर रहेको र उहाँहरुलाई तत्कालै आर्थिक सहयोग वा श्रोतको खाँचो रहेको जनाइएको छ । बिरामी बालिकासंग यतिखेर उहाँका बुबा भक्तलाल सुनार र दिदी साबित्री सुनार रहनुभएको छ ।

बिरामी बालिका सरस्वती सुनार माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै बिरामीकी भाउजु प्रतिमा सुनारले सहयोगका लागि सार्वजनिक अनुरोध गर्नुभएको छ । उहाँलाई सहयोग गर्न चाहने सहयोगदाताहरुले स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको कार्यालय वा बिरामीको परिवारलाई ९८२३७६६९११ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

SwadeshPost