महायज्ञको प्रचारप्रसार स्वरूप माडीब्यापी मोटरसाइकल ¥याली सम्पन्न

47
SwadeshPost

रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गर्न आयोजित महायज्ञको प्रचारप्रसारका लागि आज मंगलबार माडीब्यापी मोटरसाइकल ¥याली सम्पन्न गरिएको छ । आज मोटरसाइकल तथा गाडीहरुमा रेवात्रिवेणी धामबाट सुरुभएको ¥याली अयोध्यापुरी होमस्टे शिवद्धार हुँदै बगइसम्म पुगेको थियोभने बगइबाट बनकट्टा हुँदै देबेन्द्रपुर बजारमा आएर सम्पन्न गरिएको रेवा त्रिवेणी धामका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले जनाउनुभयो ।

मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा चिनाउन बृहत् माघी मेलासंगै श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५को आयोजना गरिएको हो । महायज्ञबाट संकलित श्रोतबाट बृद्धाश्रम र जलबाराही मन्दिर निर्माण तथा मन्दिरको भू–संरक्षण एवं मेसजालीका बनाइने योजना रहेको छ ।

आचार्य युवा पण्डित सुदर्शन सुवेदीद्वारा वाचन गरिने सो महायज्ञको भोलि बिहान ११ बजे रेवा त्रिवेणी धामबाट विभिन्न झाँकीसहिताको कलश ¥यालीले बुलबुले कमलकुण्ड जगनाथपुरी हुँदै शनिमन्दिरको क्षेत्रसंगै बजार परिक्रमा गरी दिउँसो २ बजे समुद्घाटन गर्नेे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ मुल आयोजक समितिका संयोजक झनक प्रसाद अधिकारीले जानकारी दिनुभयो । माघ २ गतेसम्म सञ्चालन हुने महायज्ञको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

Mahindra