बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ ब्रह्म्ज्योती आधारभुत विद्यालयद्धारा सहयोग रकम हस्तान्तरण

144
SwadeshPost

समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ आज मंगलबार बालिका अध्ययरन विद्यालय, ब्रह्म्ज्योती आधारभुत विद्यालयद्धारा सहयोग रकम हस्तान्तरण गरिएको छ । शिघ्र स्वास्थ्यलाभको कामना गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, व्यव्स्थापन समितिका पधादिकारीहरु र शिक्षक शिक्षिकामार्फत संकलित रकम रु. ५,१६० रुपैयाँ उहाँको परिवारलाई हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समिति र शिक्षक शिक्षिकाहरु आज बालिका सुनारको घरमै पुगेर आमा र दिदिलाई सो रकम हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक गंगाराम रानाभाटले स्वदेश एफ.एमलाई जानकारी दिनुभयो । साथै विद्यालयको तर्फबाट विभिन्न व्यक्ती तथा संघसंस्थाहरुमा आर्थिक सहयोगको लागि अपेक्षा समेत गरिएको प्रधानाध्यापक रानाभाटले जनाउनुभयो ।

माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनारको यतिखेर भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । उपचार खर्चका अभावमा उहाँ छट्पटिनुपरेको खबर स्वदेश एफ.एम.मार्फत प्रकाशन र प्रशारण भएसंगै सुनारलाई विभिन्न ठाउँहरुबाट सहयोग समेत जुट्न थालेको छ । सुनारको उपचारमा सघाउन समाजसेवी रविन्द्र सिंह ठकुरीले गर्नुभएको पहलबाट माडी नगरपालिका ५ ब्रम्हपुरीका खडग सुनार तथा माडी – ६ का श्रीमन गुरुङ, खडग प्रसाईं, जित बहादुर श्रीपाईली र अर्जुन बिक्रम पोख्रेलबाट संयुक्त रुपमा रु ४,००० सहयोग प्राप्त भएको छ । त्यसैगरी पाठक कन्स्ट्रक्सन तथा बिश्वकर्मा बाबा ईन्जिनियरिङ वर्कशप बसन्तपुरका तर्फबाट रु ३,००० तथा माडी नगरपालिका वडा नं. ८ का राजकुमार परियार र भुपेन्द्र गिरीबाट रु १,००० सहयोग संकलित भएको छ ।

एपेन्डीसाइटिक्स फुटेर ठूलो आन्द्रा क्षेत्रमा फैलिएको अवस्थामा उहाँलाई भरतपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको थियो । बिरामी बालिकाको परिवारको आर्थिक श्रोत समेत अत्यन्त कमजोर रहेको र उहाँहरुलाई तत्कालै आर्थिक सहयोग वा श्रोतको खाँचो रहेको छ । बिरामी बालिका सरस्वती सुनार माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ ।

SwadeshPost