दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७५ को तयारी पुरा

348
SwadeshPost

बसन्तपुर बजारका सक्रिय युवाहरुको संस्था बसन्तपुर ब्वाइजको आयोजनामा भोलि बुधबार देखि सञ्चालन हुने दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७५ को सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको भोलि नगर उपप्रमुख ताराकुमारी काजी महतोले उद्धघाटन गर्नुहुनेछ । उद्धघाटन कार्यक्रमसंगै पहिलो तथा उद्धघाटन खेल दिउसो १ बजे माडी नगरपालिका वडा नं ६ र वडा नं ७ बिच हुने कार्यतालिका रहेको छ ।

माडी उपत्यकाको हालसम्मकै सर्वाधीक धनराशीको पुरस्कार रहेको सो क्रिकेट प्रतियोगिता माडी बसन्तपुरको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता पौष २९ गतेसम्म सञ्चालित हुने कार्यतालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजक संस्था बसन्तपुर ब्वाइजका अध्यक्ष पदम पन्तले जानकारी दिनुभयो ।

युवा, खेलकुद तथा साँस्कृतिक समिति, माडी नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको सो प्रतियोगिताको प्रथम तथा दोश्रो पुरस्कार क्रमशः ३० हजार र १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने प्रतियोगिताको बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई एक/एक थान मोबाइल समेत पुरस्कार रहेको छ ।

SwadeshPost