चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको ५ औँ वार्षिक साधारण सभा सम्पन्न

154
SwadeshPost

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको ५ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मुक्ती प्रसाद अधिकारी सभाध्यक्ष रहनुभएको थियो भने जिल्ला प्रहरी कार्यालय, चितवन का प्रहरी प्रमुख बेदप्रसाद गौतम विशिष्ट अतिथि रहनुभएको थियो ।

भरतपुरको क्यान्सरगेटमा सम्पन्न साधारण सभाले साङगठनिक र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै समितिको उपाध्यक्षमा टंक प्रसाद पौडेल र सदस्यमा सुर्य ढकाल लाई नियुक्त गरेको छ ।

यसैबिच, साधारण सभामार्फत मृगौला पिडित माडी नगरपालिका वडा नं ५ का मान बहादुर रामदामलाई ७६ हजार ९०५ रुपैँया उपचार सहयोगार्थ हस्तान्तरण गरिएको छ । कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालमा आवद्ध १० देशका १५० भन्दा बढि प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

SwadeshPost