सहयाेगी हातहरूकाे खाेजीमा

372
SwadeshPost

जटिल एपेन्डीसाइटिक्सका कारण अस्पतालमा रहनुपरेकी बालिका सरस्वती सुनारको उपचार सहयोग ताथ कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

रानाभाटलाई जेलमुक्त गरी उद्धार गर्न तथा सुनारलाई उपचार गरी निको बनाउन हाल कतारमा कार्यरत माडी रामराज्यपुरका राजु सेन्चुरीको पहलमा उहाँसंगै माडी राधापुरका राम बहादुर रसाइली तथा जंग बहादुर सुनार, सितलपुरका ईश्वर श्रेष्ठ, पाल्पाका सुर्य अर्याल र गुल्मीका कृष्ण परियारले नगद सहयोग पठाउनुभएको हो । उहाँहरुले संयुक्त रुपमा १४ हजार रुपैंया स्वदेश एफ.एम.मार्फत सहयोग पठाउनुभएको हो । सो रकम मध्ये दाताहरुले सुनारको उपचारका लागि १० हजार रुपैंया तथा रानाभाटलाई जेलमुक्त गराउन ब्लड मनी तिर्न तत्कालका लागि ४ हजार रुपैंया छुटयाउनुभएको छ ।

बैदेशिक रोजगारी अन्तरगत जनरल क्लिनरको पदमा कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७, कीर्तनपुर निवासी विनोद रानाभाट हाल कतारस्थित ओक्रा जेलमा थुनिनुभएको छ । रानाभाटले ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने अवस्था रहेको छ । त्यसैगरी, माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनार यतिखेर भरतपुरस्थित सरकारी अस्पतालको सर्जिकल वार्डमा भर्ना रहनुभएको छ । दुबैजनालाई सहयोगका निम्ति स्वदेश एफ.एम.ले समाचारमार्फत सार्वजनिक आह्वान गरेको थियो

SwadeshPost