बैकुण्ठे क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न

276
SwadeshPost

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको आयोजनामा बैकुण्ठे क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । आज शनिबार बिहान बैकुण्ठे क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको युवा जागरण अभियानका सचिव शिशिर अधिकारीले जनाउनुभयो ।

कार्यक्रममा अभियानका पदाधिकारी एवं अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुसंगै बैकुण्ठे, परुई र टम्टा अनार मध्यवर्ती सामुदायिक बन उपभोक्ता समिति, तराई भूपरिधी कार्यक्रम र माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं वडाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost