दिवाकर स्मृति वि. ले बार्षिकोत्सवलाई शैक्षिक उत्सवका रूपमा मनाउने

150
SwadeshPost

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले ४७ औं बार्षिकोत्सवलाई शैक्षिक उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । बार्षिकोत्सवको तयारीका लागि बसेको विद्यालयको बिस्तारित बैठकले माघ १५ गते आयोजित बार्षिकोत्सवलाई शैक्षिक उत्सवका रुपमा मनाउने निर्णय गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न सो बैठकमा माडी नगरपालिकाका शिक्षा अधिकारी बद्री भट्टराईसंगै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारीहरु, अभिभावक र विद्यार्थी प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बार्षिकोत्सवका अवसरमा बिज्ञान प्रदर्शनी, कला कार्यशाला र प्रदर्शनी, नमुना माछा पोखरी निर्माण, नमुना केबुलकार प्रस्तुती लगायतका आकर्षण राख्ने र विद्यार्थीहरुको प्रतिभा प्रदर्शनीको मञ्चका रुपमा फरक शैलीबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको विद्यालयका कोअर्डिनेटर नारायण दुबेले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost