दिवाकर स्मृति विद्यालयको वार्षिकोत्सवमा कुलेन्द्र विश्वकर्माको प्रस्तुती रहने

286
SwadeshPost

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ४७ औं वार्षिकोत्सवको अवसरमा भोलि मंगलबार विशेष शैक्षिक उत्सवसंगै राष्ट्रिय लोकदोहोरी कलाकार कुलेन्द्र विश्वकर्माको लोकदोहोरी प्रस्तुती रहने भएको छ ।

बार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेकोबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा विद्यालयले सो जानकारी दिएको हो । वार्षिकोत्सवमा ३ जना विद्यार्थी अभिषेक नेपाली, बिवेक तामाङ र सुस्मिता बिकलाई विद्यालयले सम्मान गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा, माडीका पर्यटकिय गन्तव्य स्थलहरुको फोटो प्रर्दशनी, वृत्तचित्र र फोटोहरु टि.भी. मार्फत प्रर्दशनी गरिने, बार्षिक उत्सवमा पशुपालन जानकारी एवं गोबर जाचँ गर्ने स्टल रहने समेत बताइएको छ । यसैगरी बिज्ञान प्रर्दशनीको बिचमा हुने पोखरीमा माछा र माछा सम्वन्धी विविध जानकारी गराइने समेत जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष पाण्डेसंगै प्रधानाध्यापक ऋषिराम काफ्ललगायतले सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिनुभएको थियो ।

SwadeshPost