माडीमा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन

203
SwadeshPost

माडी नगरपालिका महिला समन्वय समितिको आयोजनामा माडी नगरपालिका वडा नं. ७ र ८ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भएको छ ।

छुट्टाछुट्टै सम्पन्न सिलाई कटाई केन्द्र स्थापना कार्यक्रम अन्तरगत वडा नं. ७ मा वडाध्यक्ष बालकृष्ण सापकोटा र वडा नं. ८ मा वडाध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । दुबै कार्यक्रमहरुमा माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल विशिष्ट अतिथि रहनुभएको थियो । दुईवटै कार्यक्रमहरुमा प्रमुख अतिथि महतो र विशिष्ट अतिथि कँडेलले कपडा सिलाई सिलाई कटाई केन्द्रको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा माडी नगरपालिका महिला समितिका संयोजक कोपिला सिवाकोटीसंगै वडाका पदाधिकारी र वडाबासीहरुको सहभागिता रहेको थियो ।

सिलाई कटाई केन्द्रमा ३/३ जना महिलाहरुले सिलाई कटाई गर्नेछन् । अति बिपन्न समुदायलाई आयआर्जनका निम्ति सिलाई कटाई केन्द्र स्थापना गरिएको र यो कार्यक्रम माडीका अन्य वडाहरुमा पनि सञ्चालन गरिने महिला समन्वय समितिले जनाएको छ । यसअघि, माडी नगरपालिका वडा नं. १ र २ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भइसकेको छ ।

SwadeshPost