माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालित

218
SwadeshPost

माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्माइल नेपालको आयोजना तथा राष्ट्रिय मुटु तथा फोक्सो समाजको प्राविधिक सहयोग एवं चैनपुर फुटबल क्लब र प्रगति आमा समूह सितलपुरको सहयोगमा केदारेश्वर आधारभूत विद्यालय चैनपुरको प्राङ्गणमा सो मुटुरोग शिविर सञ्चालन भएको हो ।

शिविरमा २५७ जनाले मुटु परीक्षण गरेकोमा २ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको थियो । बरिष्ठ मुटुरोग विशेषज्ञहरु डा. कौशल किशोर तिवारी र डा. रामचन्द्र खत्री संगै युरोपियन मुटुरोग विशेषज्ञहरुको टोलीले निःशुल्क ब्लडप्रेसर परीक्षण, मुटुको भिडियो एक्सरे र मुटुरोग परीक्षण तथा परामर्श दिएको थियो ।

SwadeshPost