दिवाकर भुसाल स्मृति भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

393
SwadeshPost

माडीको बसन्तपुरमा जारी प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पीयनशीप पुरुष भलिबल प्रतियोगिता–२०७५ को उपाधी नेपाल पुलिस क्लब (एन.पि.सी) ले जितेको छ ।

आज शनिवार सम्पन्न फाइनलमा पुलिसले त्रिभूवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर उपाधी चुमेको हो । त्यसैगरी तेश्रो स्थान सशस्त्र प्रहरी बल (ए.पि.एफ.) क्लबले जितेको छ । सशस्त्रले चुलो भलिवल क्लव नारायणगढलाई ३–० को सोझो सेटमा पराजित गरी तेश्रो स्थान सुरक्षित गरेको हो । यो संगै प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो गरी तीनवटै स्थान विभागीय क्लबहरुले हात पारेका छन् ।

प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट नेपाल पुलिस क्लबका कुल बहादुर थापा घोषित हुनुभयो । त्यसैगरी बेष्ट ब्लकर पुलिस क्लबका द्वारिक थापा, बेष्ट डिफेन्स त्रिभुवन आर्मीका ईश्वर थापा, बेष्ट सर्भर पुलिस क्लबका राजु शेरचन, बेष्ट सेटर सशस्त्र प्रहरीका लोकेन्द्र गीरि र बेष्ट स्पाइकर त्रिभुवन आर्मीका धन बहादुर भट्ट घोषित हुनुभएको छ । बेष्ट कोचको उपाधी पुलिस क्लबका प्रशिक्षक चन्द्र बहादुर कुँवरलाई प्रदान गरिएको छ ।

पहिलो हुन सफल नेपाल पुलिस क्लब (एम.पि.सी)ले नगद २ लाख रुपैंयाका साथ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, दोश्रो तथा तेश्रो हुन सफल त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरी बलले क्रमशः १ लाख र ५० हजार रुपैंयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई नगद पाँच हजारका साथ मेडल प्रदान गरिएको छ ।

विजेताहरुलाई समापन समारोहका सभाध्यक्ष समेत रहनुभएका युवा खेलकुद तथा साँस्कृतिक समिति माडीका अध्यक्ष हिमकान्त (हरि) भुसाल, कार्यक्रमका प्रमुख अतिथि प्रादेशिक सांसद रामलाल महतो तथा विशिष्ट अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले पुरस्कार प्रदान गर्नुभएको थियो । खेलकुद विकास समिति माडी नगरपालिकाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् र माडी नगरपालिकाको प्रवद्र्धनमा खेल सम्पन्न भएको हो ।

SwadeshPost