मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम माडीमा सम्पन्न

286
SwadeshPost

माडीको मजुवा गाउँमा मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । थ्रि एञ्जल्स नेपालको आयोजनामा सञ्चालित सो कार्यक्रममा माडी नगरपालिका वडा नं. ६, मजुवा गाउँका महिला, किशोर किशोरी र दलित समुदायको सहभागिता रहेको थियो ।

माडी नगरपालिका वडा नंं ६ का वडा सदस्य तथा मेलमिलापकर्ता पूर्णकला सुनारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा थ्रि एञ्जल्स नेपालका चितवन शाखा प्रमुख ममिला गुरु·ले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । स्थानीय बयोबृद्ध तथा समुदायका लागि जग्गादाता तुलमान क्षेत्रीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको सो कार्यक्रमका सञ्चालिका समेत रहनुभएकी । थ्रि एञ्जल्स नेपाल, माडी हेल्प डेस्क इञ्चार्ज मैयादेवी सापकोटाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost