माडीको बाँदरझुलामा सार्वजनिक यातायात सञ्चालन

110
SwadeshPost

माडीको बाँदरझुलामा सार्वजनिक यातायात सञ्चालन सुचारु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण बिचमा अवरुद्ध रहेको सार्वजनिक यातायात सञ्चालन करीब एक साता अघिदेखि सुचारु भएको माडीका यातायात व्यवसायीहरुले जनाएका छन् ।

हाल ठोरीदेखि नारायणगढ रुटमा सञ्चालनमा रहेका बसहरु चौताराबाट मोडिएर बाँदरझुला पुग्ने र त्यहाँका यात्रुहरु चढाएर वा झारेर पुनः चौतारा हुँदै गन्तव्यस्थल पुग्ने गरेका छन् । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको डेलिगेशनबाट प्रधानमन्त्री कार्यालयसम्मै बाँदरझुलाको बिषउ उठेसंगै नरम भएको चितवन राष्ट्रिय निकुञ्जले बाँदरझुलामा बस चल्न छुट दिएको हो । निकुञ्जले अतिक्रमित क्षेत्रका रुपमा पहिचान गरेको बाँदरझुलामा माडी नगरपालिकाले गत भाद्रमा बाटो निर्माण गरेको हो । यद्यपि बाटो निर्माणको काम पुरा नहुँदै निकुञ्जले त्यहाँ काम गरिरहेका डोजर, टेक्टर लगायतका निर्माण सामग्रीहरु रोकेको थियो ।

SwadeshPost