बरिष्ठ समाजसेवी एवं बामपन्थी नेता भुवानी प्रसाद पौडेलको शोकाकूल परिवारजनलाई स्मृतिमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता कार्यकर्ताहरुले भेट गरी समवेदना व्यक्त गरेका छन् ।
बिप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन, पोलिटव्युरो सदस्य अनिल शर्मा बिरही तथा नेकपा चितवनका करीब ३०० जना नेताकार्यकर्ताहरुले दिवंगत पौडेलको परिवारलाई भेट गरी उहाँप्रति श्रद्धाञ्जली र परिवारजनलाई समवेदना व्यक्त गरेका हुन् । कार्यक्रममा साँस्कृतिक रुपान्तरण र मृत्यु संस्कार बिषयमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो ।
भेटघाटमा बिप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य सुदर्शन र पोलिटव्युरो सदस्य बिरहीसंगै वाम बुद्धिजीवि प्रेम रिमालले समेत साँस्कृतिक रुपान्तरणक बिषयमा मन्तव्य राख्दै पौडेल परिवारले अपनाएको मृत्यु संस्कारको प्रशंसा गर्दै ऐक्यबद्धता व्यक्त गरेको थियो । कार्यक्रममा परिवारजनका तर्फबाट दिवंगत पौडेलका कान्छा छोरा टुक नारायण पौडेलले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियाे ।