रिड नेपाल र गर्दी पुस्तकालयबिच अपांग मैत्री प्रकोप व्यवस्थापन परियोजना सञ्चालन सम्झौता

493
SwadeshPost

रिड नेपाल र गर्दी सामुदायिक पुस्तकालयबिच अपांग मैत्री प्रकोप व्यवस्थापन परियोजना सञ्चालन सम्झौता भएको छ । आज अाइबार गर्दी सामुदायिक पुस्तकालयमा सम्पन्न अपांग मैत्री प्रकोप व्यवस्थापन बिषयक १ दिने अन्तरक्रिया कार्यक्रमका बिच सो सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रका रिड नेपालका अध्यक्ष भोला प्रसाद श्रेष्ठ र गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष भरत प्रसाद तिमिल्सिनाले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. २ का वडाध्यक्ष ईश्वरी ढकाल र वडा नं. ३ का वडाध्यक्ष पुरन महतो लगायतको विशेष उपस्थिति रहेको थियो ।

परियोजना अन्तरगत गर्दी सामुदायिक पुस्तकालयलाई अपांग मैत्री बनाउने तथा विभिन्न प्रकोपहरुबारे सार्वजनिक चेतना प्रवाह गर्ने योजना र कार्यक्रमहरु सञ्चालन हुने पुस्तकालयका अध्यक्ष तिमिल्सिनाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । करीब १८ लाख ५० हजार रुपैंया बजेट रहेको सो परियोजना २ बर्षमा पुरा हुने जनाइएको छ ।