माडी ४ को खेलकुद विकास समितिद्वारा वडाभित्र क्लबहरुलाई खेलकूद सामग्री वितरित

142
SwadeshPost

माडी नगरपालिका वडा नं. ४ को खेलकुद विकास समितिले वडाभित्र क्रियाशील क्लबहरुलाई खेलकूद सामग्री वितरण गरेको छ । वडाध्यक्ष चन्द्रदीप महतोसंगै वडा सदस्यहरु तथा सामाजिक अगुवा कोमलनाथ भुसालको उपस्थितिमा खेलकुद सामग्रीहरु वितरण गरिएको खेलकुद विकास समिति, माडी – ४ का अध्यक्ष सुजन ढकालले जनाउनुभयो ।

कार्यक्रममा माडी – ४ मा रहेका बुद्धज्योति युवा क्लब शितलपुर, प्रकृति तथा वातावरण संरक्षण समाज खैरहनी, बिरञ्ची युनाइटेड क्ल्ब बिरञ्ची, सोमेश्वर युवा क्लब सिधुवा, र कालिका युवा क्लब अम्रौलीलाई दुई दुई थान फुटबल र १/१ थान भलिबल तथा वडा कार्यालयलाई एकसेट ब्याडमिन्टन हस्तान्तरण गरिएको जनाइएको छ ।

SwadeshPost