कृष्णनगर माध्यमिक विद्यालयको ५५औं बार्षिकोत्सव तथा अभिभावक दिवश कार्यक्रम सम्पन्न

334
SwadeshPost

पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयको ५५औं बार्षिकोत्सव तथा अभिभावक दिवश कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. ९, कृष्णनगरस्थित विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी साँखी सुवेदीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल तथा विशिष्ट अतिथिका रुपमा नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्री नारायण शर्मा, श्रोतव्यक्ति टंक न्यौपाने, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा भण्डारी, नेकपा माडीका नेता नारदमणी पौडेल, माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, पूर्व जनप्रतिनिधी पूर्णभद्र पनेरु लगायत रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले बाहिर हल्ला भएजस्तो कृष्णनगर माध्यमिक विद्यालय अरुसंग समायोजन नहुने जनाउनुभयो । उहाँले माडी नगरपालिकाको सहयोगमा माछापोखरी खनी विद्यालयको आम्दानीको श्रोत बनाउने त्यसको आयबाट होस्टेलको स्थापना गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो । कार्यक्रममा स्थानीयबासी हरिलाल देवकोटाले रु. १० हजार ५०० रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । त्यसैगरी सोही कार्यक्रम मार्फत विद्यालयको बालविकास केन्द्रमा अध्यापन गर्ने शिक्षिकाहरु लक्ष्मी अधिकारी र खगिसरी पराजुली तथा नीजि श्रोतका शिक्षिका स्नेहा अधिकारीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक मुक्तिराम सुवेदीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक हरि पहारीले तथा सञ्चालन शिक्षक भीम प्रसाद लामिछानेले गर्नुभएको थियो ।

SwadeshPost