माडी नगरपालिकाद्वारा क्रसर प्लाण्ट स्थापनाको काम जारी

180
SwadeshPost

माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबिचको द्वन्द उत्कर्षमा रहँदा निकुञ्ज पक्ष तथ चिँढिने गरी माडीमा क्रसर प्लाण्ट स्थापनाको काम जारी रहेको छ । माडी नगरपालिकाले सञ्चालन गर्न लागेको क्रसर मेसिनको फाउण्डेशनको काम जारी रहेको हो ।

करीब १ करोड ४२ लाखको लागतमा टेन्डर प्रक्रियावाट क्रसर प्लाण्ट जडान गरिन लागेको हो । यसै महिनाभित्रै क्रसर मेसिन सञ्चालनमा आउने माडी नगरपालिका ५ वडाअध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिनुभयो । माडी नगरपालिका वडा नं. ५ र ६ को सिमा स्थित मजुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना हुन लागेको हो । क्रसर प्लाण्ट सञ्चालनमा आएपछि माडीमा सञ्चालित विकास निर्माणजन्य कार्यहरुमा आवश्यक गिट्टी, कंक्रिट, बालुवा आदिको उपलब्धता सहज हुने विश्वास गरिएको छ ।

यसैबिच, क्रसर प्लाण्ट स्थापनामा निकुञ्जको सम्भाव्य अवरोधबारे बोल्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले निकुञ्जले क्रसर स्थापनामा अवरोध गरे त्यहीँबाटै अनसनको थालनी गर्ने जनाउनुभयो । स्वदेश एफ.एम.संग कुराकानी गर्दै मेयर ढकालले माडीको विकासको एक आधारभूत पूर्वाधारका रुपमा क्रसर प्लाण्ट स्थापना अगाडि बढाइएको बताउनुभयो ।

SwadeshPost