कालोपत्रे ठेक्काको म्याद सकिएको महिना दिन भइसक्दापनि म्याद थप भएन

312
SwadeshPost

रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का सम्झौताको म्याद सकिएको करीब एक महिना भइसक्दापनि त्यसको म्याद थप्न सम्बन्धित निकायको ध्यान पुगेको छैन । भरतपुरस्थित आशिष निर्माण सेवाले कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट लगायतका सामानको अभाव देखाउँदै म्याद गुजारेको हो । म्याद गुज्रिएपनि ठेक्काको म्याद थप गरी बजेट फ्रिज हुन नदिन सरोकारवाला निकायहरुले वास्ता गरेका छैनन् ।

२०७३ साल माघमा सर्भे गरी गतबर्षको बैशाखबाट काम सुरु गरेको आशिष निर्माण सेवाले गतबर्षको बैशाखबाट निर्माणकार्य सुरु गरेको थियो । गत माघ ९ गतेसम्म मात्र म्याद रहेकोमा सो अवधीमा सडकको स्ट्रक्चरका काम पुरा भएको छ । करीब ७ मिटर चौडाई रहने कालोपत्रे बाटोको दुबै छेउमा नालाको निर्माण पनि लगभग सकिएको देखिन्छ । तर, कालोपत्रेका लागि आवश्यक गिट्टी, बालुवा, कंक्रिट लगायतका सामानहरुको अभाव रहेको बहानामा ठेकदार पक्षले कालोपत्रेको काम भने सुरुवात नै गरेन ।

SwadeshPost