ठोरीस्थित छोटी भन्सारको स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन हुँदै

396
SwadeshPost

ठोरी गाउँपालिकास्थित छोटी भन्सारको स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गर्न केन्द्रीय स्तरको एक प्रतिनिधीमण्डलले ठोरी भ्रमण गरेको छ ।

प्रतिनिधीमण्डलान नेपाल सरकार अर्थ मन्त्रालयका बजेट महाशाखाका प्रमुख हरिशरण पुडासैनी, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल, ठोरी–केरुङ लोकमार्गका अभियानता तारा पौडेल, उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य लगायत रहनुभएको थियो । प्रतिनिधीमण्डलले ठोरी गाउँपालिका वडा नं. २ स्थित राईधारा छोटी भन्सारको स्तरोन्नतीका लागि स्थानीयबासी र ठोरी गाउँपालिकासंग अन्तरक्रिया समेत गरेको थियो । 

अन्तरक्रिया कार्यक्रममा महाशाखा प्रमुख पुडासैनीले ठोरी ऐतिहासिक नाका भएको भन्दै यसको स्तरोन्नतिको सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो । त्यसैगरी, सशस्त्र प्रहरीका आइजीपी खनालले ठोरीमा रहेको सशस्त्रको अस्थायी बीओपी स्थायी भइसकेको भन्दै जनशक्ति थप्ने तयारी भइरहेको बताउनुभयो । कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरीको सम्भाव्यता, समस्या र विकासका गतिविधीबारे आफ्नो धारणा राख्नुभएको थियो भने ठोरी-केरुङ लोकमार्गका अभियान्ता तारा पौडेलले ठोरी नाकालाई केरुङ सम्म जोड्नका लागि सबैजनाको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

SwadeshPost