इ.आई.ए. स्वीकृतीसंगै दबाबमुलक कार्यक्रम सकिएको नगरप्रमुख ढकालको भनाइ

299
SwadeshPost

हुलाकी मार्गको वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएसंगै आफ्नो दबाबमुलक कार्यक्रम पनि सकिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभएको छ ।

स्वदेश एफ.एम.संग कुराकानी गर्दै नगरप्रमुख ढकालले इ.आई.ए. स्वीकृत भएकोमा खुसी व्यक्त गर्दै अब विकासको कामले तीब्रता पाउने विश्वास व्यक्त गर्नुभयो । निकुञ्जका कारण सिर्जित समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुमा आफूले निरन्तर दबाबमुलक अभियान जारी राखेकोमा इ.आई.ए. स्वीकृत भएसंगै अब त्यस प्रकारको दबाबमुलक कार्यक्रम गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । निकुञ्ज एवं वन संरक्षण ऐनको जनपक्षीय शंसोधनको पाटोमा भने आफूले निरन्तर पहल गरिरहने नगप्रमुख ढकालले जनाउनुभयो ।

भरतपुर माडी ठोरी खण्डको हुलाकी सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा योजना मन्त्रालयले तयार पारेको वातावरणीय प्रभाव मुल्यांकन (इ.आई.ए.) अध्ययन गत माघ २२ गते वन मन्त्रालयले स्वीकृत गरेको हो । त्यसैगरी सर्बोच्च अदालतले समेत परमादेश जारी गर्दै इ.आई.ए. गरी काम गर्नुपर्ने निर्देशन भएको थियो । मन्त्रीस्तरको निर्णयबाट वन मन्त्रालयले इ.आई.ए. स्वीकृत गरेसंगै अब माडी ठोरी क्षेत्रको सडक निर्माणका सम्पूर्ण कामहरु बिना अवरोध अगाडि बढ्न सक्ने अवस्था सिर्जना भएको छ ।

SwadeshPost