माडीको नदी तटबन्धनमा बाढीको पनि अवरोध, निर्माण कार्य प्रभावित

521
SwadeshPost

नदी नियन्त्रणका लागि माडीमा जारी रहेका कामहरुमा लगातारको बर्षापछि आएको बाढीले अवरोध पु-याएको छ ।

माडीको बाँदरमुढे र चन्द्रे खोलामा जारी नदी नियन्त्रणका कामहरुमा बाढीले अवरोध पु-याएको हो । चन्द्रे खोलामा नदी छेउमा ढुंगा भर्न राखिएका तारजाली बगाउँदा करीब १० लाखको क्षती भएको चन्द्रे खोला ड्याम निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । सो खोलामा ड्याम निर्माणका लागि राखिएका करीब १०० थान जाली र २०० ट्याक्टर ढुंगा बगाएको हो ।

त्यसैगरी बाँदरमुढे खोलाको तल्लो तटिय क्षेत्रहरुसंगै रेवाटोलमा जारी बाँदरमुढे खोला फाउण्डेशनको काममा क्षती पुगेको सो नदी नियन्त्रणमा सरिक नेपाल ग्रामीण पुनर्निमाण संस्था आर.आर.एन.ले जानकारी दिएको छ । यसबाट आउँदो केहि दिन निर्माण कार्य अवरुद्ध हुने जनाइएको छ ।

SwadeshPost