माडी न.पा.द्वारा जनजीवन माध्यमिक विद्यालयलाई पनि स्कूल बस प्रदान

663
SwadeshPost

विद्यालयहरुलाई स्कुल बस प्रदान गर्ने सिलसिला जारी राख्दै माडी नगरपालिकाले मध्यपूर्वी माडीको जनजीवन माध्यमिक विद्यालयलाई पनि स्कूल बस उपलब्ध गराएको छ ।

जनजीवन माध्यमिक विद्यालयमा आज नयाँ स्कूलबस पुगेको हो । माडी नगरपालिकाको ३० लाख आर्थिक सहयोगमा विद्यालयले बोलपत्र आह्वान गरी बस खरिद गरेको हो । सो बसको आउँदो फागुन १९ गते आइतबार एक कार्यक्रमबिच माडीका नगर-प्रमुख ठाकुर प्रसाद ढकालले स्वदेश एफ.एम.लाई विद्यालयलाई चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यसअघि माडी नगरपालिकाले दिवाकर स्मृति विद्यालय रमाइलोडाँडालाई दुईवटा तथा जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरलाई एकवटा स्कुलबस हस्तान्तरण गरिसकेको छ । हस्तान्तरित स्कुलबसहरुमा ती सामुदायिक विद्यालयका विद्यार्थीहरु खुसी र उत्साही हुँदै विद्यालय पढ्न जाने र फर्किने गरेका छन् ।

SwadeshPost