जु.रे.स. कृष्णनगर मा.वि.द्वारा माडीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

372
SwadeshPost

जुनियर रेडक्रस सर्कल, कृष्णनगर माध्यमिक विद्यालयको आयोजनामा माडी नगर क्षेत्रस्तरीय विपद् व्यवस्थापनमा जुनियर/युवाहरुको भूमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

जुरेस कृष्णनगर मा.वि.का अध्यक्ष सुस्मित भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी अयोध्यापुरी उपशाखाका सभापति सूर्यनाथ अधिकारी रहनुभएको थियो । छात्र र छात्रातर्फ छुट्टा छ्ट्टै आयोजित सो प्रतियोगितामा छात्रतर्फ माडी माध्यमिक विद्यालयका सुजन क्षेत्री प्रथम, कृष्णनगर माध्यमिक विद्यालयका सन्दीप अधिकारी दोश्रो, जनजीवन माध्यमिक विद्यालयका सन्दीप काफ्ले तेश्रो र जगन्नाथपुरी आधारभूत विद्यालयका करुण बि.क.ले चौथो वा सान्त्वना स्थान हासिल गर्नुभयो ।

त्यसैगरी छात्रातर्फ जनजीवन माध्यमिक विद्यालयकी सानु अधिकारी प्रथम, खैरहनी माध्यमिक विद्यालयका विनीता पाण्डे दोश्रो, जगन्नाथपुरी आधारभूत विद्यालयकी प्रियंका ढकाल तेश्रो र कृष्णनगर माध्यमिक विद्यालयकी अनुष्का अधिकारीले सान्त्वना वा चौथो स्थान हासिल गर्नुएको विद्यालयकी शिक्षिका तिर्सना पौडेल भण्डारीले जानकारी दिनुभयो ।

यसैबिच, गणेश आधारभूत विद्यालय, गणेशकुञ्जको आयोजनामा आधारभूत विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको आर्थिक सहयोगमा सम्पन्न सो प्रतियोगितामा माडी नगरपालिका वडा नं. ८ र ९ का ६ वटा विद्यालयका प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा गणेश आधारभूत विद्यालय गणेशकुञ्जको क टोली प्रथम, गोविन्दबस्ती आधारभूत विद्यालय दोश्रो र गणेश आधारभूत विद्यालयकै ख टोली तेश्रो हुन सफल भएको आयोजक विद्यालयका प्रधानाध्यापक तोयनाथ अधिकारीले जनाउनुभयो ।

SwadeshPost