गर्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः भरत प्रसाद तिमिल्सिना

344
SwadeshPost

गर्दी सामुदायिक पुस्तकालय, बरुवाको अध्यक्षमा पुनः भरत प्रसाद तिमिल्सिना चयन हुनुभएको छ ।

पुस्तकालय परिसरमा सम्पन्न दोश्रो साधारणसभा तथा अधिवेशनबाट तिमिल्सिनाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः दिनकर पौडेल, रामचन्द्र गुरौ, विश्वमती महतो र चिरञ्जीवि तिवारी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा गंगा भुसाल, यम प्रसाद सुवेदी, तुल बहादुर नेपाली, अप्सरा पाण्डे र गंगा ढकाल रहनुभएको छ । पुस्तकालयको लेखा समिति संयोजकमा सन्तोष सुवेदी चयन हुनुभएको छ भने ३ जना कार्यसमिति सदस्य र २ जना लेखा सदस्यहरु पछि थप गरिनेछन् ।

साधारणसभा एवं अधिवेशनकै सन्दर्भमा पुस्तकालयका मानार्थ सदस्यहरु ठाकुर ढकाल, रामलाल महतो र गोविन्द दवाडीसंगै पुस्तकालयलाई आर्थिक सहयोग गर्नुभएका नवीन भण्डारीलाई दोसल्ला र सम्मान–पत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी पुस्तकालयको लागि जग्गा दान गर्नुभएका दिवंगत हरिविलाश पन्तको परिवार तथा रेवेश्वर शिव मन्दिर र पुस्तकालयको स्थापना र संस्थापनामा विभिन्न क्षेत्रबाट योगदान गर्नुभएका शोभा नेपाली तथा विश्वमित्र श्रेष्ठलाई सम्मानित गरिएको थियो । पुस्तकालयका अध्यक्ष भरत प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो साधारणसभा उद्घाटन समारोहमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

SwadeshPost