दिवंगत पर्यटनमन्त्री सहित सातैजनाप्रति नेकपा माडीको शोकसभा

451
SwadeshPost

हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगर कार्यालयले शोकसभा सम्पन्न गरेको छ ।

बसन्तपुर बजारको खुला मञ्चमा नेकपा माडी नगर कार्यालय सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा सम्पन्न सो शोकसभामा नेकपाका प्रदेश नं. ३ सदस्य एवं माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, नगर उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु शिवहरि सुवेदी, चन्द्रदीप महतो, पुरन महतो, नेकपा माडीका नेताहरु प्रेम तिमिल्सिना, सुमन बराल, कमल रामदाम, माधव चापागाईं, प्रभु प्रसाद महतो, नारायण अधिकारी, रामेश्वर चौधरी लगायत माडीका अन्य नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले मृतकहरुको फोटोमा पुष्प गुच्छा अर्पण गर्नुका साथै मृतकहरुको स्मरण गर्दै २ मिनेट मौनधारण गरेका थिए । नेकपाका युवा अगुवा विपीन पाठकले सञ्चालन एवं दिवंगत मन्त्री अधिकारीको जीवनी बाचन गर्नुभएको सो कार्यक्रममा नेकपा नेताहरु ठाक्ुर ढकाल र प्रेम तिमिल्सिनाले शोक मन्तव्य राख्नुभएको थियो ।

गत फागुन १५ गते ताप्लेजुङमा एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित पर्यटन व्यवसायी आङ छिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, सुरक्षाकर्मी अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया र पाइलट प्रभाकर केसीको दुखद निधन भएको थियो । तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन पश्चात पाथीभरा दर्शन गरी फर्किएको सो टोली चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

SwadeshPost