माडी (स्थानीय) खबर पोष्ट

शिवरात्रीमा शनि तथा शिव कात्यायनी मन्दिरमा धार्मिक कार्यक्रमहरू आयोजित

शिवरात्री पर्वको अवसर पारी देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पशुपतिनाथ, १०८ शिव लिङ्ग र नन्दी को प्राणप्रतिष्ठा तथा शिवलिङ्गदाताहरुको सम्मान हुन लागेको छ ।

मन्दिर परिसरमा माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप प्रदान गरेको १०८ वटा शिवलिंग गोलाकार स्वरुपमा दुई घेरामा राख्नेगरी निर्माण गरिएको हो । यस बर्षको महाशिवरात्री जारी शताब्दीकै अति उत्तम मानिएकोले शिवरात्री पर्वको अवसरमा पारी कार्यक्रम आयोजना गरिएको मन्दिरका संरक्षक युवा पण्डित सुवेदीले जनाउनुभयो ।

यसैबिच, शिवरात्री पर्वकौे अवसरमा माडीको कीर्तनपुर देवीकोटस्थित शिव कात्यायनी मन्दिरलृ रुद्राभिषेक एवं शिवपूजन लगायतको धार्मिक कार्यक्रम आयोजना गरेको छ । मन्दिरमा बिहानैदेखि शिवको पुजा अर्चनासंगै रुद्राभिषेक, बेलपत्र अर्पण र दीप प्रज्वलन र भजन कीर्तन लगायतका कार्यक्रमहरु आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार