दियो साँस्कृतिक मञ्च, माडी-५ द्वारा कालीका मन्दिरलाई मुर्ती प्रदान

255
SwadeshPost

दियो साँस्कृतिक मञ्च, माडी-५, चितवनले माडीको राधापुरस्थित कालीका मन्दिरलाई कालीका देवीको मुर्ती प्रदान गरेको छ ।

मञ्चद्वारा गत तिहारमा सम्पन्न साँस्कृतिक कार्यक्रमबाट संकलित रकमबाट तयार गराइएको मुर्ती मन्दिरलाई हस्तान्तरण गरिएको हो । माडी रामराज्यपुरीका मुर्तीकार पूर्ण बहादुर विश्वकर्माले ७ महिना २१ दिन लगाई तयार गर्नुभएको कालीका मुर्ती मन्दिरमा प्रतिस्थापन गरिएको मञ्चका अध्यक्ष कैलाश काफ्लेले जानकारी दिनुभयो ।

कालीका मन्दिरमा मुर्ती स्थापना तथा त्यसको प्रवर्द्धनको उद्देश्यसहि गत तिहारको गोबर्द्धन पुजको दिन दियो साँस्कृतिक मञ्चले तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । आउँदा दिनहरुमा मन्दिर क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका विभिन्न काम र कार्यक्रमहरु सञ्चालन गरिने मञ्चले जनाएको छ ।

SwadeshPost