नेपालकै कान्छो नगरप्रमुख रौनियारद्वारा माडीको अवलोकन भ्रमण

280
SwadeshPost

नेपालकै कान्छो नगरप्रमुखका रुपमा चर्चित पर्सास्थित पोखरिया नगरपालिका प्रमुख दिपनारायण प्रसाद रौनियारले माडीको अवलोकन भ्रमण गर्नुभएको छ ।

बीरगंजका चर्चित पत्रकार एवं रेडियो नेपालका २ नं. प्रदेश सम्वाददाता धुब अधिकारी समेतको सहभागिता रहेको नगरप्रमुख रौनियार नेतृत्वको टोलीले माडीका विभिन्न पर्यटकीय गन्तव्यस्थलहरुको भ्रमण गर्नुका साथै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंग भेट सम्वाद गरेको हो । पर्सा जिल्लाको केन्द्रभागमा पर्ने पोखरिया नगरपालिकालाई स्मार्ट सिटी बनाउने रौनियारको अभियानको सर्बत्र चर्चा रहेको छ ।

नगरप्रमुख रौनियारले बिहान खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालय अवलोकन गरी विद्यालयमा सरस्वतीको मन्दिर निर्माणमा सघाउन प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यहाँबाट देबेन्द्रपुरस्थित शनि मन्दिर पुगी मन्दिरको दर्शन गरी मन्दिरलाई आर्थिक सहयोग समेत गर्नुभयो भने त्यहाँबाट स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको कार्यालय र प्रसारण प्रणाली अवलोकन गरी रेडियोका विभिन्न बिषयमा रेडियोका अध्यक्ष देव अञ्जान शाहसंग जानकारी लिनुभयो । भ्रमणको अन्तिम कार्यसुची अनुुसार उहाँले माडी नगरपालिका कार्यालयमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंग भेट सम्वाद गरी अनुभव आदानप्रदान गर्नुभएको थियो ।

यसैबिच, नेपालकै कान्छो नगरप्रमुख रौनियारसंग स्मार्ट पोखरिया सिटीबारे पत्रकार ध्रुव अधिकारीले स्वदेश एफ.एम.मा गर्नुभएको अन्तरसम्वाद भोलि फागुन २१ गते साँझ ०६ः४५ बजे स्वदेश एफ.एम., चितवन र रेडियो विजयबस्ती, पर्साबाट एकैसाथ प्रसारित हुनेछ । सुन्ने प्रयास गर्नुहोला ।

SwadeshPost