डेनिस संस्थाद्वारा दक्षिण अयोध्यापुरी क्षेत्रमा पिउने पानी वितरण हुने

130
SwadeshPost

डेनिस संस्थाको सहयोगमा मध्यपूर्वी माडीको कान्तिपुर, इन्द्रबस्ती, दक्षिण अयोध्यापुरी र चौकीडाँडा क्षेत्रमा शुद्ध पिउने पानी वितरण हुने भएको छ ।

परियोजना सञ्चालनका लागि माडी नगरपालिका कार्यालय, माडी ८ वडा कार्यालय र डेनिस स्वयंसेवीहरुको संस्था जे.वाई.एस.के. तथा एकीकृत समावेशी दिगो विकास परियोजनाका प्रतिनिधीहरुबिच प्रारम्भीक छलफल भइसकेको छ । छलफलबाट, कान्तिपुर, इन्द्रबस्ती, दक्षिण अयोध्यापुरी र चौकीडाँडाबासीहरुको घरघरमा नेपाल सरकारको मापदण्ड अनुसारको खानेपानी वितरणका लागि हाल कायम रहेका दुईवटै खानेपानी ट्यांकीको स्तरोन्नती गर्ने तथा आवश्यकता अनुसार नयाँ खानेपानी ट्यांकीहरु निर्माण गर्ने सहमती बनेको हो ।

डेनिस संस्था जे.वाई.एस.के. तथा माडी नगरपालिकाद्वारा संयुक्त रुपमा करीब ४ करोडको लगानीमा सो खानेपानी परियोजना अगाडी प्रारम्भीक सहमती भएको माडी-८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो । यसका लागि आउँदो जुलाईभित्र डिजाइन लगायतका काम पुरा गरी नगरपालिकामा पेश गर्ने सहमती भएको जनाइएको छ ।

SwadeshPost