अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा विद्यालय पोशाक वितरित

168
SwadeshPost

माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले कान्तिपुरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।

माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा रहेको कान्तिपुर आधारभूत विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकका रुपमा सर्ट पाइन्ट र स्कर्ट प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साबित्री रेग्मीको अध्यक्षतामा सम्पन्न सो विद्यालय पोशाक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी र विशिष्ट अतिथिका रुपमा चितवन राष्ट्रिय निकुञ्ज माडी बगहीँ सेक्टरका रेञ्जर शुसिल झाले विद्यार्थीहरुलाई पोशाक प्रदान गर्नुभएको थियो । सो विद्यालयमा अधिकांश दलित र बिपन्न विद्यार्थीहरु अध्ययनरत छन् ।

SwadeshPost