माडी नगरपालिकाको क्रसर प्लाण्ट अपरेटरमा माडी १ का बिष्णु प्रसाद ढकाल छनौट

908
SwadeshPost

माडी नगरपालिकाको क्रसर प्लाण्ट अपरेटरमा माडी नगरपालिका वडा नं. १ का बिष्णु प्रसाद ढकाल छनौट हुनुभएको छ ।

आज भएको क्रसर अपरेटरको परीक्षामा ढकाल छनौट हुनुभएको र बैकल्पिक उम्मेदवारका रुपमा माडी-७ का असोक जि.सी. र माडी-१ कै राजु पौडेल रहनुभएको माडी नगरपालिकाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । माडी नगरपालिकाले मजुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना गर्न लागेको हो । करीब १ करोड ४२ लाखको लागतमा जडान हुन लागेको क्रसर प्लाण्टको फाउण्डेसनको काम पुरा भइसकेको छ ।

यसैबिच, माडीको सोमेश्वरगढी पुग्ने कज-वे निर्माण र त्यसको दुवै छेउमा ड्रेनेज वा नाला निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । प्रदेश सरकारबाट प्राप्त ५० लाखको बजेटमा बनाउन लागिएको कज–वे र ड्रेनेजका निर्माण कार्य जारी फागुन महिनाको अन्तिम साताबाट सुरुवात हुने माडी नगरपालिका वडा नं. ५ कार्यालयले जनाएको छ ।

SwadeshPost