यु.रे.स. जनजीवन माध्यमिक विद्यालयद्वारा सांगठनिक विकास प्रशिक्षण सम्पन्न

46
SwadeshPost

युवा रेडक्रस सर्कल, जनजीवन माध्यमिक विद्यालयको आयोजनामा माडी नगरक्षेत्र स्तरीय सांगठनिक विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनजीवन माध्यमिक विद्यालयको विद्यालय प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा माडीका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई रेडक्रस संस्थाका बारेमा प्रशिक्षित गरिएको थियो ।

जनजीवन माध्यमिक विद्यालको व्यवस्थापन समिति अध्यक्ष श्याम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी अयोध्यापुरी उपशाखाका सभापति सूर्यनाथ अधिकारी रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोभाखर गौतम तथा शिक्षक खड्ग बहादुर भुजेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा माडीका विभिन्न ६ वटा शैक्षिक संस्थाहरुमा अध्ययनरत युवा रेडक्रस सर्कलका सदस्यहरुलाई नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा सदस्य नेत्रबन्धु पोखरेलले रेडक्रस संस्था, यसको स्थापना तथा फैलावट र आधारभूत मन्त्र तथा अन्य पक्षहरुका बारेमा जानकारी गराउनुभएको जनजीवन माध्यमिक विद्यालयका शिक्षक राम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Mahindra