माडी महिला उत्थान समाज, माडीद्वारा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

299
SwadeshPost

माडी महिला उत्थान समाज, माडी-८, खरकट्टाको आयोजनामा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नारासहित अयोध्यापुरी क्षेत्रमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सामरी उत्च्थान सेवाको सहयोगमा सम्पन्न सो कार्यक्रमका सहभागी महिलाहरुले आफूमा भएका पीडाहरु गीतको स्वरुपमा प्रस्तुत गरेका थिए भने विभिन्न खेलहरु समेत सञ्चालन गरिएको थियो । माडी नगर कार्यपालिका सदस्य साबित्री रेग्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कृष्णराज अधिकारी रहनुभएको थियो । त्यसैगरी माडी महिला उत्थान कृषि सहकारी संस्थाकी अध्यक्ष केशमाया गायक, माडी महिला उत्थान समाजकी अध्यक्ष तारा सुनार, माडी नगर कार्यपालिका सदस्य दिल बहादुर गायक र इन्द्रबस्ती टोल सुधार समितिका सदस्य प्रेम बहादुर सुनार लगायतको आतिथ्यता रहेको थियो ।

SwadeshPost