माडी क्याम्पसको क्याम्पस सभा गठन, चैत्र १५ गतेभित्र सभा सम्पन्न हुने

349
SwadeshPost

आउँदो चैत्र १५ गतेभित्र सम्पन्न हुन लागेको माडी क्याम्पसको क्याम्पस सभा गठन भएको छ ।

माडी क्याम्पस सञ्चालन विधान अनुसार गठित क्याम्पस सभामा क्याम्पसको वर्तमान सञ्चालक समिति, क्याम्पसका स्थापनाकालको पदाधिकारी र क्याम्पसको सल्लाहकार समितिका सदस्यहरु समेटिनुभएको छ । त्यसैगरी, क्याम्पस सभाका अन्य सदस्यहरुमा माडी नगरपालिकाका प्रमुख, उपप्रमुख र नौ वटै वडाका वडाध्यक्षहरु, क्याम्पस स्थापनाकालका गा.वि.स. अध्यक्षहरु, २०५६ र २०७३ सालमा सम्पन्न धनधान्याचल महायज्ञका बरिष्ठ चन्दादाताहरु तथा माडी क्षेत्रका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु समेत सदस्य रहेका छन् ।

त्यस्तै, क्याम्पस सभाका अन्य सदस्यहरुमा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षहरु, पूर्व क्याम्पस प्रमुखहरु, प्राध्यापक संघका अध्यक्ष, कर्मचारी संघका अध्यक्ष, चारजना विद्यार्थी प्रतिनिधीहरु, क्याम्पसमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु मध्येबाट समावेशिताका आधारमा सातजना महिला सहित २० जना, माडी नगर शिक्षा समितिका प्रतिनिधी, माडी नगरपालिका महिला समन्वय समितिका अध्यक्षसहित शिक्षाप्रेमी र समाजसेवी महिलाहरु, शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने एक महिलासहित ३ जना, उद्योग बाणिज्य संघ माडीका अध्यक्ष, आदिवासी जनजाती महासंघ माडीका अध्यक्ष, दलित समन्वय समिति माडीका अध्यक्ष, थारु कल्याणकारी संघ माडीका अध्यक्ष, क्याम्पस स्थापनाकालका सल्लाहकार र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्येबाट क्याम्पस सञ्चालक समितिले मनोनयन गरेका एकजना रहने क्याम्पसले जनाएको छ । क्याम्पस सभाको भेलाबाट माडी क्याम्पसले नयाँ व्यवस्थापन समिति गठन गर्नुका साथै महत्वपूर्ण नीतिगत निर्णयहरु लिने व्यवस्था रहेको छ ।

SwadeshPost